Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


रेडस्टार सेमिफाइनलमा


0
Shares

ताप्लेजुङ, भदौ ३ । साविक विजेता रेडस्टार फुटबल क्लब झापा ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० ले पराजित गर्दै रेडस्टार अन्तिम चारमा पुगेको हो ।

खेलको ५१औं मिनेटमा रेडस्टारका योगेश गुरुङले गरेको एकमात्र गोल नै सेमिफाइनल प्रवेशका लागि पर्याप्त बन्यो ।

अब रेडस्टारले भदौ ५ गते मोरङको डाँगीहाट क्लबसित फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

बुधबार रेडहर्ष क्लब इलाम र एलाभेन एरोज फुटबल क्लब सुनसरीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।