१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


नेप्सेसहित कारोबारमा पनि कमी


0
Shares

काठमाडौं, साउन ५ । यो साता पनि पुँजीबजारमा गिरावट आयो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ७ अंकले घटेर अन्तिम दिन ११ सय ९३ अंकमा आइपुग्यो । गत साता पनि नेप्से ३२ अंकले झरेको थियो ।

कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से झरेको हो । यो साता कारोबार परिमाणमा पनि गिरावट आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १८६ कम्पनीहरुको एक अर्ब ४५ करोड ५१ लाख रुपैयाँ बराबरका ४७ लाख ५४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १९१ कम्पनीहरुको दुई अर्ब ११ करोड ८८ लाख रुपैयाँ बराबरका ६१ लाख १२ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा ३१ प्रतिशत कम हो ।

यो साता कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक एवं कारोबार संख्याको आधारमा नबिल बैंक अग्रस्थानमा रह्यो ।