विश्वको सबैभन्दा मूल्यवान टु ह्विलर ब्रान्ड बन्यो बजाज « Image Khabar


विश्वको सबैभन्दा मूल्यवान टु ह्विलर ब्रान्ड बन्यो बजाज


Imagekhabar
२२ पुष २०७७, बुधबार ०८:३५

काठमाडौं । करोड भारु मार्केट क्यापको साथै बजाज अटो विश्वको सबैभन्दा मूल्यवान टु ह्विलर कम्पनी बन्न सफल भएको छ । गत शुक्रबार सम्ममा कम्पनीको शेयर मूल्य ३ हजार ४ सय ७९ भारुमा बन्द भएको थियो । रिपोर्टका अनुसार एक लाख करोड भन्दा बढी भ्याल्यु कुनै पनि विदेशी टु ह्विलर कम्पनीले हासिल गरेको छैन । बजाजको बाइक विश्वको ७० देशमा निर्यात हुने गरेको छ ।

डिसेम्बर २०२० मा कम्पनीले कुल ३ लाख ७२ हजार ५३२ युनिट बाइक बिक्री गरेको थियो । गएको वर्ष कम्पनीले ३ लाख ३६ हजार ५५ युनिट बाइक बिक्री गरेको थियो । यो भनेको ११ प्रतिशत वृद्धि हो ।
बजाजले लगभग ६५० करोड भारुमा भारतको पुणेमा नयाँ फेसिलिटी स्थापित गर्ने घोषणा गरेको थियो । सो कम्पनीमा टु ह्विलर र इलेक्ट्रिक मोबिलिटी सोलुसन्स निर्माण गरिने छ ।

२०२० मा बजाजले हस्कभर्ना ब्रान्ड भारतमा आयात गरेको थियो साथै सो बाइक केटीएम डिलरशिपको माध्यमले बिक्री गरेको थियो । कम्पनीको स्भार्टपिलेन २५० र भिटपिलेन २५० को लागि भारतमा राम्रो प्रतिक्रिया मिलेको थियो । नेपाली बजारमा पनि केही महिना पहिले हस्कभर्नाका बाइक भित्रिएका छन् ।

बजाज विश्वको तेस्रो सबैभन्दा ठूलो टु ह्विलर निर्माता कम्पनी हो । भारतमा बजाज पल्सर १२५ सीसी देखि २२० सीसीको बाइक निकै लोकप्रिय रहेको छ । साथै कम्पनीले प्लाटिना, सीटी १०० र अन्य इन्ट्री लेवल कम्युटर मोटरसाइकल उत्पादन गर्ने गर्छ ।

नेपाली बजारमा पनि बजाजका बाइक निकै नै लोकप्रिय छन् ।नेपाल अटो

प्रतिक्रिया दिनुहोस्