नौं बिगाहमा लगाएको गाँजा खेती नष्ट « Image Khabar


नौं बिगाहमा लगाएको गाँजा खेती नष्ट


Imagekhabar
२१ पुष २०७७, मंगलवार ०९:२२

सर्लाही । सर्लाहीको नारायणखोलामा करिव नौं बिगाहमा लगाएको अवैध लागूऔषध गाँजा खेती नष्ट गरेको छ । प्रमुख जिल्ला अधिकारीे सुरेन्द्र पौडेलको नेतृत्वको प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पौडेलसहित नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोर, सशस्त्र प्रहरीका उपरीक्षक एसपी गङ्गाराम श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका एसपी दिलिपकुमार सिंहसहितको टोली गाँजाका बोट नष्ट गर्न त्यहाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्