१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023


‘अरुण थापाको योगदानको कदर गर्न कन्जुस्याइँ गर्न हुँदैन’


0
Shares

काठमाडौं, साउन ५ । प्रसिद्ध गायक अरुण थापाको १९औं स्मृति दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा नेपाली गीत, संगीत क्षेत्रमा अरुण थापाले पुर्‍याएको योगदानको चर्चा गरिएको थियो ।

आधुनिक संगीतमा अरुण थापाले गाएका कालजयी गीतहरु नेपाली सांगीतिक भन्डारका अमूल्य निधि भएको भन्दै कार्यक्रमका सहभागीहरुले उनको योगदानको कदर गर्न कन्जुस्याइँ गर्न नहुने बताए ।

कार्यक्रममा वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न कलाकारहरुले अरुण थापाका गीतहरु गाएका थिए ।