काठमाडौं, भदौ २ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजारमा सोमबार भने सुधार आयो । नेप्से उकालो लाग्यो भने कारोबार औसत नै रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंकले उकालो लागेर १२ सय २२ पुग्यो । आइतबार ९ अंकको गिरावट आएको थियो ।
यसदिन निर्जीवन बिमा समूहबाहेक अरु सबै समूह सकारात्मक रहे । जीवनबिमा समूह सबैभन्दा उच्च ४४ अंकले उकालो लाग्यो । लघुवित्त र विकास बैंक समूह पनि दोहोरो अंकले उक्लिँदा अरु भने सामान्य अंकले हरियो रहेका हुन् ।
यसदिन निर्जीवन बिमा समूहमा २९ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७५ कम्पनीका १४ लाख ७७ हजार कित्ता सेयर जम्मा ३९ करोड रुपैयाँ बराबरीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्