 
	    काठमाडौं । बलिउड अभिनेता रणबीर कपूर मुख्य भूमिकामा देखिन लागेको फिल्म ‘एनिमल’को अडिसन राउण्डनबाटै नायिका सारा अली खान बाहिरिएकी छन् ।
भारतीय मिडियाका अनुसार ‘कबीर सिंह’ फिल्मका निर्देशक सन्दीप वांगाले निर्देशन गर्न लागेको फिल्म ‘एनिमल’का लागि साराले अडिसन दिएकी थिइन् । तर, उनी फिल्मको कथामा फिट नभएको भन्दै अडिसनबाटै बाहिरिएकी थिइन् ।

उनको स्थानमा नायिका तृप्ति डिमरीलाई फिल्मम लिइने भएको छ । तृप्तिको अडिसन टेपबाट फिल्मको निर्माण पक्ष आकर्षित भएपछि उनलाई फिल्मको लागि पक्का गरिएको हो । फिल्ममा नयाँ अनुहार देखाउनको लागि उनलाई छानिएको हुनसक्ने अनुमान गरिएको छ ।
‘एनिमल’ फिल्ममा रणबीर र तृप्तिको साथमा अनिल कपूर, बबि देओर र परिणिती चोपडा पनि देखिँदैछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्