नाजिर र आँचलको तोरी पेली तेलमा बनाउनुहोस् कभर भिडियो र जित्नुहोस् डेढ लाख रुपैयाँ « Image Khabar


नाजिर र आँचलको तोरी पेली तेलमा बनाउनुहोस् कभर भिडियो र जित्नुहोस् डेढ लाख रुपैयाँ


Imagekhabar
१९ पुष २०७७, आईतवार १०:२६

काठमाडौँ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले क्याडी इन्टरटेनमेन्टले बिहिबार सार्वजनिक गरेको भिडियो मार्फत डान्स कम्प्युटेसनको आयोजना गरेको छ । अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वरमा सजिएको तोरी पेली तेल बोलको गीतको भिडियोमा कभर गीत बनाउने मध्ये एउटा उत्कृष्ठ भिडियोलाई डेढ लाख नगद सहित पुरस्कृत गरिनेछ । साथै उत्कृष्ठ भिडियो बनाउने प्रतियोगीलाई एउटा म्यूजिक भिडियोमा काम गर्ने अवसर समेत दिने क्याडी इन्टरटेनमेन्टले जनाएको छ ।

क्याडी इन्टरटेनमेन्टको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा लोकप्रिय नायक नाजिर हुसेन र नायिका आँचल शर्माको गज्जब अभिनय रहेको छ । डान्सिगं शैलिमा तयार पारिएको गीतमा रोमान्टिक दृश्यले भिडियो हेर्ने जोकोहीलाई छमछम नचाउनेछ ।

प्रेम र रोमान्सका रमाइला पललाई कद गरिएको गीतका शब्द शृजना र संगीत दीपक शर्माका हुन् । पछिल्लो पुस्ताका लोकप्रिय र ब्यस्त निर्देशक निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोको सम्पादन कुशल सम्पादक विकाश धमलाले गरेका हुन् । सुबोल जोशीको कोरियोग्राफी रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् । प्रतियोगीतमा सहभागीता जनानका लागि थप जानकारी डिस्क्रिब्सनमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्