 
	    काठमाडौं । सेल्टा भिगोलाई २–० ले हराउँदै रियाल मड्रिड स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन लुकास भाज्क्वेज र मार्को एसेन्सीयोले एक-एक गोल गरे ।
जितपछि १७ खेलबाट ३६ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा उक्लिएको छ । १४ खेल मात्रै खेलेको एथ्लेटिको मड्रिड ३५ अंकसहित दोस्रो स्थानमा झरेको छ ।
ला लिगाअन्तर्गत गएराति भएको अर्को खेलमा भियारियालले लेभान्तेलाई २–१ ले हराउँदा रियाल भालाडोलिडले गेटाफेमाथि १–० को जित निकाल्यो । यसैगरी रियाल बेटिस र सेभियाले १–१ गोलको बराबरी खेले । एजेन्सी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्