१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नाडा अटो शो भदौ १० देखि


0
Shares

काठमाडौं, भदौ १ । सवारी साधनहरुको कुम्भ मेलाको रुपमा परिचित नाडा अटो शो भदौ १० देखि राजधानीमा शुरु हुँदैछ ।

आयोजक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आइतबार पत्रकार सम्मेलन गरी १४औं संस्करणको अटो शोबारे विस्तृत जानकारी गराएको हो । 

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवा मुलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा दिने वित्तीय संस्था, बिक्रीपछिका सेवा एवं इन्स्योरेन्सका छुट्टाछुट्टै स्टल रहने नाडाले जनाएको छ । प्रदर्शनीमा ठुला तथा साना गरी करिब १६० वटा स्टल र ब्लक रहने जनाइएको छ । 

विगतका नाडा अटो शोभन्दा व्यवस्थित बनाउन एवं अवलोकनकर्तालाई सहज आवतजावतका लागि अस्थायी आकाशे पुल बनाउन लागिएको नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए ।

भदौ १५ गतेसम्म चल्ने प्रदर्शनीको ७५ हजार जनाले अवलोकन गर्ने अनुमान आयोजकको छ ।