राप्रपाले संसद विघटनविरुद्ध काठमाडौंमा गर्‍यो शक्ति प्रदर्शन « Image Khabar


राप्रपाले संसद विघटनविरुद्ध काठमाडौंमा गर्‍यो शक्ति प्रदर्शन


Imagekhabar
१७ पुष २०७७, शुक्रबार १५:०८

rpp protest in kathmandu

काठमाडौं, पुस १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई मुद्दा बनाएर राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।

काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको र्‍याली रत्नपार्कस्थित शान्तिवाटिका पुगेको छ । शान्तिबाटिकामा भएको सभामा राप्रपा नेताहरुले सम्बोधन गरेका छन् ।

प्रदर्शनमा सहभागिहरुले हिन्दू राज्य कायम गराउन, राजतन्त्र पुनर्बहाली गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्