२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राँके बजार ‘कोशेली बजार’का रुपमा चम्किदै


0
Shares

इलाम । इलाम र पाँचथरको सिमावर्ती राँके बजारको परिचय फेरिदै अहिले कोशेली बजारका रूपमा स्थापित हुँदै गएको छ ।

यात्रुको मन रसाउने र आखाँ तानिने गरि सजाएर लहरै राखिएका खुर्सानीका बट्टाहरु सडक पेटीमा देख्न सकिन्छ ।

यस ठाउँमा अकबरेको अफ सिजनको बेलामा पनि १० हजार हाराहारीको कारोवार हुने व्यवसायी बताउँछन ।

सिजनमा दिनको ५०–६० हजार रुपैयाँसम्मको खुर्सानी बेच्ने गर्छन भने अहिले अफ सिजन हो । यतिबेला पनि १० हजार जतिको बिर्की हुने गरेको पाइन्छ ।

इलामको एकतप्पा, आमचोकदेखि पाँचथरका पौवा सार्तापलगायतका गाउँका किसानको लागि राँके मुख्य बजार हो ।

ताप्लेजुङ्गको पाथिभरा घुम्न जानेको संख्या बाक्लिएपछि राँकेमा व्यापारको सिजन हुुन्छ ।

पाथीभराबाट फर्किएका धेरैजसोले राँकेबाट अकबरे, ध्यू, छुर्पी, ललिपप लगायतका परिकार कोशेलीको रुपमा लिएर फर्किने गरेका छन् ।