२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कपिलवस्तुमा ‘कपडा बैंक’


0
Shares

कपिलवस्तु, साउन ३२ । कपिलवस्तुको तौलिहवामा विपन्न व्यक्तिहरुलाई निःशुल्क वितरण गर्नका लागि शनिबारदेखि ‘कपडा बैंक’ सन्चालनमा आएको छ ।

नेपाल बाल संगठन कपिलवस्तु र पशुपति अन्नपूर्ण आश्रमले संयुक्तरुपमा कपिलवस्तु बालगृहमा कपडा बैंक सन्चालनमा ल्याइएको हो ।

कपडा बैंकमा दाताले आफूहलाई आवश्यक नभएका कपडा वा नयाँ कपडा दान दिन सक्नेछन् ।

यस्तै, कपडा बैंकका कपडा आवश्यकता पर्ने जो-कोहीले पनि निःशुल्क लैजान पाउने व्यवस्था गरिएको छ ।

बाल संगठन कपिलवस्तुका अध्यक्ष राजुप्रसाद अर्यालले तत्काल २५० जोर कपडा संकलन गरी कपडा बैंक सन्चालनमा ल्याइएको जानकारी दिए ।

कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले लत्ताविहीनका लागि कपडा बैंकले सहयोग पुर्‍याउने बताए ।