Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


डडेल्धुरामा नेकपाको कित्ताकाट, को कुन समूहमा ?


0
Shares

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी विभाजनको असर डडेल्धुरामा पनि देखिएको छ । नेतादेखि कार्यकर्तासम्मले आ आफ्नो कित्ताकाट गदै छन् । प्रतिनिधिसभा विघटन पछि नेकपा ओली समूह र दाहाल–नेपाल समूहको छुट्टा छ्ट्टै भेला हुन थालेको छ ।

सात स्थानीय तह रहेको डडेल्धुराको अमरगढी नगरपालिकाका उपप्रमुखसहित अजयमेरु गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, नवदुर्गा गाउँपालिकाका अध्यक्ष प्रचण्ड–नेपाल समूहमा देखिएका छन् । डडेल्धुराका २ स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा प्रमुख पदमा निर्वाचित भएका जनप्रतिनिधिहरु पार्टी विभाजन पछि स्पष्ट रुपमा अलग्गिएका छन् ।

नेकपा जिल्ला अध्यक्ष मानसिंह माल, पूर्व नेकपा एमाले अध्यक्ष डा ताराप्रसाद जोशी, खगराज भट्ट, नेता शेर सिंह माल लगायत जिल्ला स्तरीय नेताहरू दाहाल–नेपाल समुहमा छन् ।

यस्तै, भर्खरै बर्खास्तीमा परेका पूर्व प्रदेशमन्त्री पठान सिंह बोहरा, राष्ट्रिय सभा सदस्य चक्र स्नेही, नेकपा एमाले पूर्व अध्यक्ष विक्रम शाही, पूर्व जिविस सभापति गजेन्द्र शाही, संविधानसभाका पूर्व सदस्य ज्ञानु गैरी ओली पक्षमा छन् ।