
पाँचथर, पुस १४ । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ३ कान्छीदोकान नजिकै भएको सवारी दुर्घटनामा परेर ८ जना घाइते भएका छन् ।
दुर्घटनामा परी घाईते हुनेहरुमा फालेलुङ १ का २६ वर्षिय अनिल ढुंगेल, फालेलुङ २ का १९ वर्षीय सविन अधिकारी, ८ वर्षीय सुविक्षा पौडेल,३ ० वर्षीय सुजाता पौडेल, उर्लावारी ४ मोरङका ४२ वर्षीय सागरचन्द्र सापकोटा, ७४ वर्षीय गोमादेवी सापकोटा, फालेलुङ २ का १८ वर्षीय रविन अधिकारी, १६ वर्षीय कविता चाँपागाँइ र झापाको विर्तामोड निवासी ६२ वर्षीय रामचन्द्र उप्रेती रहेका छन् ।
झापाको बिर्तामोड तर्फ जाँदै गरेको मे १ ज २४७७ नम्वरको जिप कान्छीदोकान नजिक अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
उनीहरु मध्ये ३ जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि झापाको विर्तासिटी अस्पताल रेफर गरिएको छ भने बाँकीको फिदिम स्थित समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्