Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


बेलबारीले आयोजक ताप्लेजुङ–११ लाई हरायो


0
Shares

ताप्लेजुङ, साउन ३१ । ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत् शुक्रबार भएको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ ।

‘टाइब्रेकर’मा आयोजक टोली ताप्लेजुङ–११ लाई ५–४ ले पराजित गर्दै पाहुना टोली मोरङ विजयी भएको हो ।

निर्धारित् समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

‘पेनाल्टी सुटआउट’मा मोरङका पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शंकर राईले गोल गरे । ताप्लेजुङका तर्फबाट क्रिस राई, सन्तोष लिम्बू, मनिराज लिम्बु र सुशील लिम्बूले गोल गरे ।

ताप्लेजुङका विकास शेर्पा गोल गर्न चुकेपछि खेल मोरङको पक्षमा गएको थियो ।

खेलको ‘म्यान अफ दी म्याच’ मोरङका कप्तान सूर्य श्रेष्ठ घोषित भए ।

प्रतियोगिताअन्तर्गत् शनिबार रेडहर्ष क्लब इलाम र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच खेल हुने आयोजकले जनाएको छ ।