Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


रवि शास्त्री भारतीय टिमको पुनः प्रशिक्षक


0
Shares

काठमाडौं, साउन ३१ । भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा फेरि पनि रवि शास्त्री चयन भएका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार शास्त्रीलाई पुनः जिम्मेवारी दिइएको जनाएको छ ।

सन् २०१७ देखि मुख्य प्रशिक्षक रहेका ५७ वर्षीय शास्त्रीले अब सन् २०२१ सम्म भारतीय टिम सम्हाल्नेछन् ।

भारतले राष्ट्रिय क्रिकेट टिमका लागि आवेदन खुला गरेलगत्तै दुई हजार बढीले मुख्य प्रशिक्षकका लागि आवेदन दिएपनि अन्तिम दौडमा ६ जना रहेका थिए ।

कपिल देवको चयन कमिटीले दोस्रो नम्बरमा माइक हसन र तेस्रो नम्बरमा टम मुडीलाई राखेको थियो ।

शास्त्रीको प्रशिक्षणमा भारतले हालै इंग्ल्यान्डमा भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।