सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पदबाट हटाइए « Image Khabar


सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पदबाट हटाइए


Imagekhabar
१४ पुष २०७७, मंगलवार ११:५५

काठमाडौं । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाइएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहरालाई मंगलबार बिहान पदबाट हटाउनु भएको हो ।

बोहरा नेकपाको ओली पक्षका हुनुहुन्छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार मन्त्री बोहरालाई मुख्यमन्त्रीले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदमुक्त गरिएको छ ।

उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले लिनुभएको छ । नेकपाका ३८ सांसद रहेको सुदूरपश्चिममा दाहाल-नेपाल खेमाको पकड बलियो छ । ओली पक्षमा पदमुक्त भएका मन्त्री बोहरासहित तीन जना मात्रै खुलेर लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्