 
	    काठमाडौं, पुस १३ । काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर भएको छ ।
अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट निवेदन दर्ता गरेका हुन ।
प्रतिनिधिसभा नभएको अवस्थामा संविधान भन्दा बाहिर गरिएको मन्त्रिपरिषद् निर्णय तत्काल बदर गर्न माग गरिएको छ ।
संसद विघटन गरेपछि केही मन्त्रीहरुले राजीनामा दिएकोमा प्रधानमन्त्रीले पुस १० मन्त्रीहरु नियुक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट संविधानको गम्भीर उल्लंघन हुने कार्य भएको हुँदा संविधानको धारा १३३ (२, ३) बमोजिम विस्तारित मन्त्रिपरिषद् बदर गर्न माग गरिएको छ ।
रिट निवेदनको पेसी पुस १५ गतेलाई तोकिएको जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्