५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024


डा. केसीको जीवनरक्षाको माग गर्दै पोखरामा प्रदर्शन


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, साउन ५ । अनशनरत् प्रा. डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार पोखरामा स्वःस्फुर्तरुपमा प्रदर्शन भएको छ ।

डा. केसीको समर्थन र सरकारको विरोध गर्दै पोखराको पृथ्वीचोकबाट सुरु भएको प्रदर्शन पोखराबजार परिक्रमा गरी सिर्जनचोकमा पुगेर सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरुले ‘नेकपाको सत्ता चिकित्सा ऐन बेपत्ता’, ‘ओली सरकार मुर्दावाद’, ‘माफियामुखी ऐन चाहिँदैन’, ‘शिक्षा र स्वास्थ्यमा राजनीति बन्द गर’लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

र्‍यालीमा सहभागीहरु ‘डा. केसीको साथमा छौं’, ‘डा. केसीको जीवनरक्षा गर’, ‘सरकारी गुन्डागर्दी अन्त्य गर’, ‘माफियातन्त्र अन्त्य गर’, ‘माथेमा प्रतिवेदन लागू गर’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’लगायतका नारासहित प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा विद्यार्थी, युवा, महिला तथा विभिन्न पेसा, व्यवसायमा आवद्ध सर्वसाधारणको सहभागिता रहेको थियो ।