क्रसएक्स बाइक एक सातामै सोल्ड आउट « Image Khabar


क्रसएक्स बाइक एक सातामै सोल्ड आउट


Imagekhabar
१२ पुष २०७७, आईतवार १०:१३

काठमाडौं । हालै नेपाल भित्रिएका २०२० संस्करणका क्रसएक्स बाइक एक सातामै सोल्ड आउट भएको छ । नेपालमा क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपाल प्रालिले एक सातामै सबै ९० युनिट बाइक बिक्री भएको जनाएको छ ।

बाइकर्स नेपालले २०२० को अन्तिम लटको रुपमा क्रसएक्सका दुई मोडल २५० एसई र २५० आर नेपाली बजारमा उपलब्ध गराएको थियो ।

अब भने २०२१ संस्करणका बाइक मात्र नेपाली बजारमा उपलब्ध हुने छन् । यी बाइक आउन करिव एक महिना लाग्ने बाइकर्स नेपालले जनाएको छ ।

बाइकमा भएको २५० सीसीको लिक्विड कुल्ड इन्जिनले ३२ एचपी पावर र ३४ एनएम टर्क जेनेरेट गर्छ ।

बाइकमा स्टिल ट्युबुलर च्यासिस प्रयोग गरिएको छ भने इन्धन ट्यांकी पनि बढाएर १० लिटर बनाइएको छ । बाइकमा अब ३५० पाउन्डको सस्पेन्सन हुनेछ, जसले गर्दा बाइक अझै लचकदार बनेको छ ।

युवाहरुको रोजाईमा डबल साइलेन्सर भएको बाइक पर्ने भएकाले त्यसै अनुसार यसको डिजाइन गरिएको बताइएको छ । डर्ट र मोटार्ड दुवै सेगमेन्टमा बाइक उपलब्ध छ । नेपाल अटो

प्रतिक्रिया दिनुहोस्