११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


२० औं ‘इमेज अवार्ड’को आवेदन खुल्ला


0
Shares

काठमाडौं । इमेज च्यानलले बर्षेनी आयोजना गर्दै आइरहेको ‘इमेज म्यूजिक अवार्ड–२०७५’ को आवेदन खुल्ला गरिएको छ ।

२०७४ साल असार १ गते देखि २०७५ साल जेठ मसान्त भित्र प्रसारण भएका गीत र म्युजिक भिडियोको लागि आवेदन फर्म खुल्ला गरिएको इमेज च्यानलले जानकारी गराएको छ ।

‘प्रोत्साहनको दुई दशकको इतिहास, कोरिदै यस वर्ष पनि..’ नारा दिएर २० औं टुबोर्ग एनुअल अवार्डका लागि आवेदन खुल्ला गरिएको हो ।

आवेदन बुझाउने अन्तिम मिति साउन मसान्तसम्मलाई निर्धारण गरिएको छ ।

नेपाली कला र संगीतको जगेर्ना गर्ने साथै प्रतिभा तथा स्रष्टाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले २० बर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको अवार्डमा सहभागी हुन इच्छुकहरुका लागि इमेज कम्प्लेक्स, पानीपोखरी(लाजिम्पाट)मा आवेदन फाराम बुझाउन अनुरोध गरिएको छ ।