
काठमाडौं । कोरोनाका कारण नेपाली खेल क्षेत्र सुस्ताएको छ । पछिल्लो समय नेपाली खेलकुदका घरेलु प्रतियोगिता ठप्प छन् ।
कोरोनाका कारण रोकिएको खेललाई पुरानै अवस्थामा लैजान अखिल नेपाल फुटबल संघले सक्रियता देखाएको छ । गत वर्षको चैत ४ बाट रोकिएको ‘बी’ डिभिजन लिग सुचारु गर्न एन्फाले चासो देखाउँदा अन्य लिगको तालिका पनि सार्वजनिक भएका छन् ।
कोरोनाका कारण प्रतियोगिता नहुँदा क्लवहरु पनि समस्यामा छन् । अहिलेको अवस्थामा एन्फाले लिग सञ्चालन गरे पनि आफुहरु खेल्न तयार नभएको बताउँदै आएका क्लवहरु एन्फाले तयारी खर्च बढाउने भएपछि भने हौसिएका छन् ।
कोरोनाका कारण प्रभावित भएको फुटबल सुरक्षा मापदण्ड अपनाएर भए पनि सञ्चालन गर्ने एन्फाले तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्