Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


गोमन साँपसँग ओलीको तुलना गर्दै खनालले लोककथा सुनाएपछि…


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन साँप प्रवृत्तिको भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार दाहाल–नेपाल समूहको पत्रकार सम्मेलनमा खनालले ओलीलाई गोमन साँपको संज्ञा दिनुभएको हो ।

ओली इख बोकेर अरुमाथि बदला लिने भावको व्यक्ति भएको नेता खनालको आरोप छ । ‘गोमन साँपलाई कसैले हिर्कायो भने उसले त्यो मान्छेलाई लामो समयसम्म सझिन्छ र लामो समय पछि पनि कतै देख्यो भने डसिहाल्छ’, उहाँले भन्नुभयो, ‘त्यो प्रकारको प्रवृत्ति भएको मान्छे केपी ओली हो ।’

उहाँले पार्टीमा पक्षको बहस नहुने बताउँदै निर्वाचित वा मनोनित हुने हरेक व्यक्ति नेकपाको हुने बताउनुभयो ।