
काठमाडौं, साउन २९ । बुधबार पनि सेयरबजारमा गिरावट जारी रह्यो । कारोबार थप खुम्चियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ५ अंकले ओरालो लागेर १२ सय २५ मा आएर थामियो ।
कारोबार भएका सबैजसो समूह ओरालो लागेका हुन् । लघुवित्त समूह नगन्य अंकलेमात्र हरियो रहेबाहेक अरु सबै समूह ऋणात्मक रहे ।
बिमा र होटल समूह दोहोरो अंकले ओरालो लागे भने अरु सामान्य अंकले ऋणात्मक रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका १० लाख ७० हजार बराबर कित्ता सेयर २५ करोड ७३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्