
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबले आफ्ना प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका छन् । क्लबका निर्देशक लियोनार्दोले प्रशिक्षक टुचेललाई बर्खास्त गरेका हुन् ।
पीएसजीलाई लगातार दुई पटक लिग जिताएका टुचेल र क्लबका निर्देशक लियोनार्दोबीच पछिल्लो समय विवाद हुँदै आएको थियो ।
जर्मन प्रशिक्षक टुचेल सन् २०१८ को मेदेखि पीएसजीको प्रशिक्षकको रुपमा अनुबन्धित भएका थिए ।
पीएसजीको प्रशिक्षक बन्ने दौडमा टोटनह्यामका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो तथा एसी मिलान र युभेन्टसलाई लिग जिताएका मासिमिलानो एलेग्री चर्चामा छन् ।
अर्जेन्टिनी नागरिक पोचेटिनोले पनि पीएसजीको प्रशिक्षक बन्ने आकांक्षा देखाएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्