गृहजिल्लामै प्रधानमन्त्रीको राजीनामा माग « Image Khabar


गृहजिल्लामै प्रधानमन्त्रीको राजीनामा माग


Imagekhabar
८ पुष २०७७, बुधबार १८:१३

झापा/वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै जनता समाजवादी पार्टी नेपालले झापामा प्रदर्शन गरेको छ ।

प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम अलोकतान्त्रिक, असंवैधानिक, प्रतिगामी र संसदीय व्यवस्थाको मूल्य, मान्यता र विधिको शासन विपरित रहेको भन्दै जसपाले बिर्तामोडमा प्रदर्शन गरेको हो । नेकपाभित्रको पद, प्रतिष्ठा र आपसी द्वन्द्वका कारण प्रधानमन्त्री ओलीले स्वेच्छाचारी निर्णय गरी हतारमा जनादेश प्राप्त प्रतिनिधि सभा विघटन गरेको जसपाको आरोप छ ।

यता, वीरगञ्जमा पनि जनता समाजावादी पार्टी पर्साले विरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनको विरोधमा जसपा पार्टीको देशव्यापी कार्यक्रम अनुसार जसपा पर्साले वीरगञ्जमा नाराबाजी गर्दै वीरगञ्जमा प्रदर्शन गरेको हो । जसपाका नेताहरुले प्रधानमन्त्री ओलीले देशमा संकटकाल घोषण गर्न लागेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्