संसद विघटनको विरोधमा शान्ति समाजले आन्दोलन गर्ने « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


संसद विघटनको विरोधमा शान्ति समाजले आन्दोलन गर्ने


0
Shares

काठमाडौं । प्रतिनिधिसभा असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा विघटन गरिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले आन्दोलन गर्ने भएको छ ।

समाजले सोमबार आयोजना गरेको विरोध प्रदर्शनका क्रममा संस्थापक सभापति कृष्ण पहाडीसहित आन्दोलनमा उत्रिएका दर्जन बढी ब्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

समाजले देशभरका शाखामा सरकारको प्रतिगामी कदमविरुद्ध विरोध प्रदर्शनको क्रमलाई निरन्तरता दिने जनाएको छ ।