कानुन व्यवसायीसँगको परामर्शमा डा. शेखर « Image Khabar


कानुन व्यवसायीसँगको परामर्शमा डा. शेखर


Imagekhabar
७ पुष २०७७, मंगलवार १०:२३

काठमाडौं । संसद विघटनपछिको पछिल्लो अवस्थाप्रति कानुन व्यवसायीहरुले आ-आफ्नो धारणा राखेका छन् ।

मंगलबार काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काठमाडौंमा कानुन व्यवसायी र केही केन्द्रीय सदस्यसँग गरेको छलफलमा छुट्टा छुट्टै धारणा आएका छन् ।

केही कानुन व्यवसायीले अब ताजा जनादेशका लागि चुनावमा जानुपर्ने तर्क राखेका छन् भने केहीले सर्वोच्च अदालतबाट संसद पुनःस्थापना गर्न पहल गर्नुपर्ने बताएका छन् ।

उनीहरुले सडक आन्दोलनबाट संसद पुनस्थापना गर्ने र यही कार्यकाललाई पुर्णता दिनुपर्ने धारणा राखेका थिए ।

संसद विघटन गर्न सक्ने प्रावधान संविधानमा नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कानुन व्यवसायीले सर्वोच्च अदालतबाट संसद पुनस्थापना गर्नुपर्ने बताएका हुन् ।

आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि के गर्ने भन्ने अन्योलता कायमै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख १७ र २७ गते चुनावको मिति तोकिसक्नु भएको छ ।

प्रधानमन्त्रीले संसद विघटन गर्ने संविधानमा कुनै प्रावधान नभएकोले काँग्रेसले यसलाई अंसवैधानिक कदम भनेको छ ।

तीन हप्ताको गृह जिल्ला बसाइपछि साँझ काठमाडौं आएका डा. शेखर कोइरालाले बिहान कानुन व्यवसायी र केही केन्द्रीय सदस्यसँग परामर्श बैठक गर्नुभएको हो ।

छलफलमा कांग्रेस केन्द्रीय सदस्यहरु दिपक गिरी, रामकृष्ण यादव, गगन थापा, बद्री पाण्डे र जीवन परियार तथा कानुनविदहरू राधेश्याम अधिकारी, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, एकराज पोख्रेल, महादेव यादव, बसन्तराम भण्डारी, डा भिमार्जुन आचार्य, रामकृष्ण तिमल्सिना, योगेन्द्र अधिकारी, सुनील पोख्रेल सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्