आँखा अस्पताललाई ३५ लाखकाे स्वाथ्य उपकरण « Image Khabar


आँखा अस्पताललाई ३५ लाखकाे स्वाथ्य उपकरण


Imagekhabar
६ पुष २०७७, सोमबार १८:४३

धनकुटा । नेपाल नेत्रज्योती संघ धनकुटाको डा. रामप्रसाद पोख्ररेल आँखा अस्पताललाई ३५ लाख बराबरको स्वाथ्य उपकरण प्रदान गरिएको छ । हिमालयन बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोगमा प्राप्त भएको फेको मेसिनसहित अन्य ३५ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरिएको हो ।

सोमबार पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले अस्पतालका सभापति रोशेष श्रेष्ठलाई उपकरण हस्तान्तरण गर्नु भएको हो । फेको मेसिन जडान भएपछि धनकुटासहित पूर्वी पहाडी जिल्लाका नागरिकलाई आँखा उपचार सेवा सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्