
काठमाडौं, पुस ५ । पछिल्लो २४ घण्टामा ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको जम्मा संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०९७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ३२० जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७८८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्