प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध सडकमा उत्रिए दाहाल–नेपाल पक्षीय कार्यकर्ता

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरिदिएपछि त्यसको विरोधमा काठमाडौंसहित देशका मुख्य स्थानहरुमा प्रदर्शन गरिएको हो ।
विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल दाहाल र माधव नेपाल पक्षीय नेता, कार्यकर्ता सडकमा उत्रिएका हुन् ।
प्रधानमन्त्री ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् ।
आइतबार अपराह्न माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी भएका थिए ।