
काठमाडौं । केहि दिन अघि सार्वजनिक टिजरबाट निकै राम्रो प्रतिकृया बटुलेको चलचित्र ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।
शुक्रबार हाइलाईट्स नेपालको अफिसियल युट्युब च्यानलबाट ‘पैसा फेक तमाशा देख’ बोलको आइटम गीत सार्वजनिक गरिएको हो ।
नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको उक्त आइटम गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बरालले पनि कम्मर भाँचेका छन् ।
उक्त गीतमा शशि रावल र राजेन्द्र भट्ट (मिस्टर आरजे)को आवाज रहेको छ भने संगीत पनि गायक आफैले भरेका छन् ।
गीतका शब्द टुरिस्ट जङ बिकेले लेखेका हुन् भने गीतलाई एरेन्ज मोहित मुनालले गरेका हुन् । गीतमा दिपक याम सिंहको नृत्य निर्देशन रहेको छ ।
विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’ यही भाद्र १ गते प्रर्दशनमा आउने तयारीमा रहेको छ ।
चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको कथा्पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् ।
चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आरजेको सङ्गीत रहेको छ ।
वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा।लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्