Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


‘इपीएल’ फागुनमा, ‘आइकोनिक’ खेलाडीमा टेस्ट राष्ट्रकालाई राख्नुपर्ने नियम


0
Shares

काठमाडौं, साउन २७ । एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको चौथो संस्करण दुई महिनापछाडि धकेलिएको छ ।

यसअघि, मंसिर/पुसमा हुँदै आएको लिगको चौथो संस्करण आउँदो फागुन तेस्रो साताबाट सुरु हुने आयोजकले जनाएको छ ।

सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा चौथो संस्करण फागुन १७ देखि चैत १ गतेसम्म चल्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले मान्यता दिएको प्रतियोगिताका लागि ‘फ्रेन्चाइज’ टिमले ‘आइकोनिक’ खेलाडीमा टेस्ट राष्ट्रका खेलाडी अनिवार्य राख्नुपर्ने नियम बनाइएको छ ।

प्रतियोगितामा योपटक पनि ललितपुर प्याट्रियट्स, काठमाडौं किंग्स इलाभेन, चितवन टाइगर्स, भैरहवा ग्याडियटर्स, पोखरा राइनोज् र विराटनगर वारियर्स गरी ६ सहरका ६ फेन्चाइज टोली रहेका छन् । ललितपुर साविक विजेता हो ।