यूरोपका अधिकांश देशमा लकडाउनको घोषणा « Image Khabar


यूरोपका अधिकांश देशमा लकडाउनको घोषणा


Imagekhabar
५ पुष २०७७, आईतवार ०९:१८

काठमाडौं । कोरोना भाइरस संक्रमण कम गर्न बेलायतमा नयाँ वर्ष र क्रिसमसको समयमा लकडाउन हुने भएको छ ।

केही साता यता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बताइएको छ ।

बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रकृया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न लकडाउनको विकल्प नभएको विशेषज्ञहरुले बताएका छन् ।

कोरोना भाइरसको तेश्रो लहर शुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमा नाका बन्द गरिएको छ ।

यी दुई शहरका बासीन्दालाई आगामी दुई साताका लागि घरभित्रै रहन अपील गरिएको छ ।

सिड्नीको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरुको दर बढ्दै गएपछी भिक्टोरियाका सरकारी अधिकारीहरुको बैठकले सीमा नाका बन्द गर्ने र सर्वसाधारणलाई घरबाहिर निस्कन नदिने निर्णय गरेको हो ।

यसका लागि ठाउँ ठाउँमा सेना सहितको सीमा चौकीहरु खडा गरिने भएको छ ।

यता इटली पनि कोरोना भाइरसको संक्रमण कम गर्न भन्दै नयाँ वर्ष र क्रिसमसको समयमा लकडाउन गर्ने घोषणा गरेको छ ।

यसअघी युरोपका धेरै राष्ट्रहरुले नजिकिंदै गरेको क्रिसमस र नयाँ बर्षलाई ध्यानमा राखी लकडाउन घोषणा गरिसकेका छन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्