आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस « Image Khabar


आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस


Imagekhabar
३ पुष २०७७, शुक्रबार १२:११

काठमाडौं, पुस ३ । शुक्रबार (आज) अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।

आप्रवासीहरुमाथि देश, जात, धर्म र भाषालगायतका आधारमा हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघले हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाउने गरेको हो ।

आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महसन्धी १९९० मा पारित भएर सन् २००३ जुलाई १ बाट लागू भएपछि यो दिवस मनाउन थालिएको हो ।

दिवसकै अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले शुभकामना सन्देश दिनुभएको छ ।

सन्देशमा मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनीहरुका परिवारको सुरक्षा, हित र कल्याणलाई सुनिश्चित गर्न देखिएका चुनौतीहरु सामना गर्दै यसको व्यवस्थापनमा सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।

नेपालमा श्रमिकहरुको आधिकाका लागि नीतिगत तथा कानुनी आधार तयार भइसकेको भन्दै मन्त्री यादवले योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था पनि सरकारले गरेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित र तुलनात्मक रुपमा बढी लाभदायी बनाउन सरकार लागिपरेको दावीसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्