शिकार आरक्षमा एकजना मात्रै शिकारी « Image Khabar


शिकार आरक्षमा एकजना मात्रै शिकारी


Imagekhabar
२ पुष २०७७, बिहीबार २०:१०

बागलुङ, पुस २ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा सधै जस्तो हुने शिकार घटेको छ ।

लकडाउन खुलेसँगै यस वर्षको पहिलो सिजनको शिकार भने भएको छ ।

तर विगतमा झै शिकार खेल्नका लागि शिकारी आएका छैनन् ।

हरेक वर्ष असोज महिनादेखि सुरु हुने पहिलो सिजनमा यस वर्ष एक जना मात्रै शिकारी आएको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

फागुन महिनादेखि वैशाख पहिलो हप्तासम्म दोस्रो सिजनको शिकारमा पनि शिकारी कम आउने आँगलन गरिएको छ ।

ढोरपाटन शिकार आरक्ष साहसिक शिकारीहरुको प्रमुख गन्तव्यको रुपमा प्रसिद्ध छ ।

प्रतिक्रिया दिनुहोस्