
-सरोज अधिकारी/ईमेज
काठमाडौं । नेपालबाट राजसंस्था विधिवत रुपमा बिदा भएको ११ वर्ष पूरा भइसकेको छ ।
संविधानसभाबाट जारी भएको संविधान नै संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मर्मअनुसार तयार भएको छ ।
तर, सत्तारुढ दलका शीर्ष नेतृत्वबाटै पछिल्ला दिनमा राजसंस्थाको सल्बलाहट बढेको त्रासरुपी आक्रोश सार्वजनिक भइरहँदा विपक्षी कांग्रेसले पनि सत्तारुढसँग यसबारे जवाफ मागिरहेको छ ।
प्रभावशाली राजनीतिक दलका शीर्ष नेताहरु विदेश भ्रमणमा निस्कनु नेपालीहरुका लागि अनौठो विषय होइन ।
प्रधानमन्त्री केपी ओली उपचारका नाममा अहिले पनि सिंगापुरमै छन् भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो शनिबार मात्र युएईबाट फर्किएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार मात्र थाइल्यण्ड गएका छन् । जब राजनीतिक नेतृत्वको विदेशयात्रा बाक्लिन्छ, तब नेपाली राजनीतिमा पनि केही न केही नयाँ पाक्दैछ भन्ने चर्चा हुने गर्छ ।
तर, यस पटकको नेताहरु भ्रमण अघि पछि पनि राजतन्त्रको चर्चा खुबै भएको छ ।
युएइबाट नेपाल फर्किएपछि पुगेका सबै सार्वजनिक कार्यक्रमका मञ्च नेकपा अध्यक्ष दाहालले पूर्वराजपरिवारलाई गाली गर्न खर्चिएका छन् ।
कतै ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउने त कतै इतिहासको कुनामा पुगेका विषय फर्कन नसक्ने अभिव्यक्ति दाहालले दिँदै आएका छन् ।
दुई तिहाइ बहुमत प्राप्त दलका शीर्ष नेताले किन यस्ता अभिव्यक्ति दिइरहेका छन् ।
त्यति मात्र होइन, यही बीचमा प्रधानमन्त्री ओलीले २०१७ साल दोहोर्याउन खोजिएको अभिव्यक्ति पनि दिएका छन् ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखेर नागर्जुन दरबार पुगेर पूर्व राजा शाहसँग भेटेको चर्चा पनि भयो । यद्यपी पोखरेलले आफ्नो त्यस्तो भेट नभएको प्रष्ट्याएका छन् ।
जे होस्, यसबीचमा राजसंस्थाको विषयमा राजनीतिक बजार तातैकै छ ।
सत्तारुढ दलका नेताहरुबाटै राजसंस्थाको विषयमा त्रासपूर्ण अभिव्यक्ति आउन थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले पनि सार्वजनिक रुपमा नै सत्तारुढ दलसँग यसबारे जवाफ मागिरहेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजसंस्थाको विषयमा चर्चा चलाएर सरकार छलछाम मात्र गर्न खोजिरहेको छ की परिवर्तन साँच्चै जोखिममा भए त्यसको रक्षाका लागि के गर्दैछ प्रष्ट हुनुपर्ने बताएका छन् ।
राजसंस्थाको बिदाईदेखि नै एकथरी मानिसहरु यसको पुर्नस्थापनाको लबिङमा लागिरहेकै थिए ।
तर, उनीहरुको सक्रियता त्यति चर्चामा थिएन । परिवर्तनका मुख्य बहाक शक्तिहरुबाटै यस खालका अभिव्यक्ति आउनुले ‘हावा नचली पात हल्लियो होला र ?’
प्रतिक्रिया दिनुहोस्