Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


फ्रान्समा बसेर नेपाली संगीतमा पहिचान बनाउँदै प्रतिमा


0
Shares

काठमाडौं । प्रतिमा गुरुङ प्रवासमा बसेर नेपाली गीत संगीतमा रमाउने महिला हुन ।

सक्रिय समाज सेवा र गीत रचनाबाट आफ्नो छुट्टै पहिचान बनाएकी प्रतिमाका नेपाल र नेपालीका लागि थुप्रै काम गर्ने योजनाहरु छन् ।

सानै देखि गीत, कबिता ,गजल ,शायरी लेख्न मन पराउने गीतकार प्रतिमा फ्रान्समा बस्छिन । प्रवासको व्यस्ततामा पनि उनले गीत रचनालाई निरन्तरता दिइरहेकी छन् । 

‘आमा ओ मेरी आमा’ ,‘आमा तिम्ले छाडी गएपछि’ जस्ता गीतहरु ल्याइसकेकी उनका अन्य केही गीतहरु सामाजसेवी गायक संगीतकार जितेन बान्तवाले स्वर पनि भरिसकेका छन् ।

‘विदेशमा असाध्यै ब्यस्त भइन्छ तर फुर्सद मिल्यो कि लेख्न बसिहाल्छु,’ उनले भनिन,‘फ्रान्समा आयोजना हुने हरेकजसो कार्यक्रममा सहभागिता जनाउँछु, नेपाली संगीतलाई प्रोत्साहन र प्रवद्र्धनमा साथ दिइरहेको छु ।’ गीत लेख्न मात्र होइन सुन्नासाथ नाच्न मन लाग्छ, उनले भनिन, ‘नाच्दा आनन्द, आउँछ सबै दुख भुलिन्छ ।’

प्रेम भावका अन्य गीतहरु बजारमा ल्याउने तयारी गरिरहेकी उनलाई नेपाली संगीतमा नशा बसिसकेको छ ।

भन्छिन्, ‘मेरा गीतहरुले समाजलाई नयाँ सन्देश दिन सकोस, मानिसहरुले केही सिक्न सकुँन ।’