 
	    काठमाडौं, मंसिर २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५४२३ जनाको पीसीआर परीक्षण भएको छ ।
गत २४ घण्टामा ८४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।
योसँगै हालसम्म मृत्यु हुनेको संख्या १७१६ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३३ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा २४६, ललितपुरमा ५३ र भक्तपुरमा ३४ जना संक्रमित थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ पुगेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्