Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


रौतहट बम काण्डः पूर्वमन्त्री अफताब आलमका भाई जेल चलान


0
Shares

काठमाडौं । रौतहट बम काण्डका आरोपी महताब आलम पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बम काण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमका भाई महताबलाई जिल्ला न्यायाधीस मणिराम न्यौपानेको इजलासले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरदहवास्थित तत्कालीन मन्त्री शेख इद्रिसको गोठमा बम बनाउने क्रममा बिष्फोट भई घाइते भएकालाई इट्टा भट्टामा जिँउदै जलाएको आरोपमा आलम पक्राउ परेका थिए ।

उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा मुद्वा दायर गरिएको थियो ।

बम काण्डका मुख्य अभियुक्त कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलम पनि अहिले जेलमा छन् । घटनाका अरोपी ६ जना अझै फरार रहेका छन् ।