Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


धनकुटामा अलैंचीको मूल्यमा सुधार


0
Shares

धनकुटा, मंसिर २७ । भारतीय नाकामा सहज भएसँगै केही हप्ताअघि धनकुटामा प्रतिमन २० हजार रुपैयाँमा बिक्री भइरहेको अलैंचीको मूल्य अहिले २५ हजार पुगेको छ ।

अलैंची उत्पादन हुने मुख्य सिजनमा प्रतिमन २० हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य एक हप्ताअघिबाट २५ हजार प्रतिमनमा धनकुटामा कारोबार हुन थालेको अलैंची व्यवसायी संघ धनकुटाका अध्यक्ष इन्द्र तितुङले जानकारी दिनुभयो ।

मसलाजन्य बालीअन्तर्गत् पर्ने अलैंची खेती धनकुटाको करिब २४० हेक्टर क्षेत्रफलमा हुने गरेको छ । करिब चार हजार ६०० किसान अलैंची खेतीमा संलग्न रहेको अलैंची व्यवसायी संघ धनकुटाले जनाएको छ ।

Skip This