२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राष्ट्रिय खुला मैत्री तेक्वान्दो कात्तिकमा, उत्कृष्ट पाँच खेलाडीले अमेरिकामा खेल्न पाउने


0
Shares

काठमाडौं, साउन २२ । राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपको तेस्रो संस्करण आउँदो कात्तिक पहिलो साता चितवनमा आयोजना हुने भएको छ ।

चितवनको रत्ननगर तेक्वान्दो डोजाङले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिक १ र २ गते चितवनको रत्ननगर नगरपालिकामा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप र ललितपुरको मैत्री डोजाङको सहयोग र सहकार्यमा हुने प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

पुम्सेतर्फ पुरुषमा पाँच र महिलामा चार गरी ९ विधामा खेलहरु हुनेछ ।

प्रतियोगितामा ५५ स्वर्ण, ५५ रजत र ११० कास्य गरी कुल २२० पदकका लागि खेलहरु हुनेछन् ।

प्रतियोगितामा सिनियर पुरुष र महिलाको ६/६ ओटा तौल समूहमा पहिलो हुने खेलाडीहरुबीच पुनः छनोट गराएर उत्कृष्ट हुने तीन पुरुष र दुई महिला खेलाडीले अमेरिकाको इस्टन मिसिगन युनिभर्सिटीमा आउँदो मे १ र २ तारिखमा आयोजना हुने १३औं अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप खेल्न पाउने जनाइएको छ ।