
काठमाडौं, मंसिर २३ । भारतविरुद्धको तेस्रो तथा अन्तिम ट्वेन्टी–२० क्रिकेट जित्दै घरेलु टिम अष्ट्रेलियाले सान्त्वना विजय हासिल गरेको छ ।
यसअघिका दुवै खेल हारेर तीन खेलको शृंखला गुमाएको अष्ट्रेलियाले मंगलबार सिड्नीमा भएको तेस्रो खेल १२ रनले जित्यो ।
१८७ रनको चुनौती लिएर मैदानमा उत्रिएको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रनमात्र बनाउन सक्यो ।
कप्तान विराट कोहलीले ८५ रन बनाएपनि अन्य ब्याट्सम्यानले साथ नदिँदा भारत पराजित भएको हो ।
अष्ट्रेलियाका मिचेल स्वेप्सनले सर्वाधिक ३ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ओपनिङ ब्याट्सम्यान म्याथ्यु वादेको ८० रनको मद्दतले २० ओभरमा ५ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । ग्लेन म्याक्सवेलले ५४ रन बनाएको इनिङ्समा भारतीय बलर वासिङ्टन सुन्दरले सर्वाधिक २ विकेट लिए ।
अष्ट्रेलियाले तीन खेलको एकदिवसीय शृंखला २–१ ले जितेकामा टी–२० २–१ ले नै गुमायो । भारतले लगातार पाँचौंपटक टी–२० शृंखला जितेको हो ।
अब दुई टिमबीच चार खेलको टेस्ट शृंखला हुनेछ । पहिलो टेस्ट एड्लेडमा आउँदो पुस २ गतेदेखि सुरु हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्