चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान बनाइँदै « Image Khabar


चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान बनाइँदै


इमेजखबर
२३ मंसिर २०७७, मंगलवार १८:०९

चितवन, मंसिर २३ । चितवन राष्ट्रिय निकुञ्जले साढे तीन करोड रुपैयाँको लागतमा घाँसे मैदान बनाउने भएको छ ।

जंगलभित्र घाँसे मैदानको अभाव भएपछि वन्यजन्तुहरु बस्ती क्षेत्रमा प्रवेश गर्ने जोखिमका कारण घाँसे मैदान थप्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

७०० हेक्टरमा नयाँ घाँसे मैदान निर्माण गर्ने बजेट भएपनि क्षेत्रफल बढाएर ९०० हेक्टर गराइएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो ।

त्यस्तै, थप एक करोडको लागतमा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदानको व्यवस्थापन गरिने भएको छ ।

भइरहेको घाँसे मैदानमा बूढा भएका खर र ढड्डी हटाउने र नयाँ पालुवा पलाउने गरी व्यवस्थापन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्