
काठमाडौं, साउन २१ । प्रतिनिधिसभाअन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि दफावार छलफल सुरु भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उद्योगसचिव यामकुमारी खतिवडाले औद्योगिक क्षेत्रको विकास गरी मुलुकको अर्थतन्त्रलाई सबल बनाउने उद्देश्यसहित विधेयक संसदमा पेस गरिएको बताइन् ।
विधेयकमा उद्योग दर्ता गर्ने निकायले उद्योग दर्ता नगरेमा उजुरी गर्न पाउने प्रावधान पनि राखिएको छ ।
त्यसैगरी, उद्योग सन्चालन भएको जानकारी ३० दिनभित्र अनिवार्यरुपमा सम्बन्धित निकायमा गराउनुपर्ने पनि व्यवस्था गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले आवश्यक संशोधन हालेर विधेयकलाई समृद्ध बनाउन समितिका सदस्यहरुलाई आग्रह गरे ।
मन्त्री यादवले विधेयकलाई समृद्ध बनाउन सरकारले संसदमा पेस गरेको पनि स्पस्ट पारे ।
विधेयकको प्रस्तावनामा उद्योग क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्ने पनि उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्