डोटी जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


डोटी जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो


0
Shares

डोटी । बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भने ४ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंम्बरको महिन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, उनकी ५५ बर्षिया सासू र ४० वर्षीय हरिनारायण भट्ट रहेका छन् ।

मृतक मञ्जुकी घाइते भएकि ३ बर्षीय छोराको पनि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी गराइएको छ ।

यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी रहेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।