Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


डोटीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ५ घाइते


0
Shares

डोटी । जीप दुर्घटना हुँदा डोटीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो ।

मृत्युु हुनेमा दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् ।

यसैगरी दुर्घटनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

दुर्घटनाग्रस्त जीप सडकबाट २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको उद्धार गरी शैलेश्वरी अस्पताल लगिएको छ ।

Skip This