१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


उपचारका लागि देशबाहिर जानुपर्ने बाध्यता अन्त्य गरिन्छ : उपप्रम यादव


0
Shares

काठमाडौं, साउन ४ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देशबाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् ।

शुक्रबार बीएन्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभरुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री यादवले भने–‘नेपालमै सबै उपचार सस्तो र गुणस्तरीयरुपमा जनताले पाउनुपर्छ । निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा उपलब्ध गराउनुपर्छ । त्यसका लागि राज्य सहकार्य गर्न तयार छ ।’

सरकारी र निजी क्षेत्र मिलेरमात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बताउँदै उनले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट बन्चित रहेकाले उनीहरुका लागि स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु दुवै क्षेत्रको दायित्व भएको उल्लेख गरे ।

राज्यको ठूलो हिस्सा रकम उपचारात्मक क्षेत्रमै खर्च भएकाले अब रोग लाग्नै नदिनेतर्फ काम गर्नुपर्ने उपप्रधानमन्त्री यादवको जोड थियो ।

मुटु तथा नसारोगीको उपचारमा प्रयोग हुने क्याथल्याब सेवा बीएन्डबी अस्पतालले शुक्रबारदेखि सुरु गरेको हो । रासस