Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


लमजुङमा थप एक संक्रमितको मृत्यु


0
Shares

लमजुङ । लमजुङमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । आइसोलेसनमा रहेका बेंसीसहर नगरपालिका–९ का ९७ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमित व्यक्तिको लमजुङमै मृत्यु भएको यो पहिलो पटक हो । यसअघि लमजुङ ठेगाना भएका अन्य जिल्लामा उपचारको क्रममा ६ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसनमा रहेर समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएका वृद्धको उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले परिवारका सबैमा कोरोना संक्रमण देखिएपछि वृद्धको स्वाब लिएर पीसीआर परीक्षणका लागि पोखरा पठाइएको थियो । वृद्धमा बुधबार कोरोना पुष्टि भएको थियो ।